नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि, फैलियो ओमिक्रोन


लेखक : लेखापढी      २३ पुष २०७८, शुक्रबार १३:४२ मा प्रकाशित     
नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि, फैलियो ओमिक्रोन

नेपालमा थप २४ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

‘पुस महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।