प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित


लेखक : लेखापढी      २२ पुष २०७८, बिहीबार १४:०३ मा प्रकाशित     
प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

 प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । जनवरी १० र ११ तारिख(पुस २६ र २७गते) गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो । 

भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको हो ।

सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ ।