प्रधानमन्त्री देउवा आइतबार भारत जाँदै


लेखक : लेखापढी      २२ पुष २०७८, बिहीबार १२:५५ मा प्रकाशित     
प्रधानमन्त्री देउवा आइतबार भारत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते (आइतबार) भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो ।

प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो ।

 प्रधानमन्त्रीसहितको टोली नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार दिल्ली हुँदै अहमदावाद जानेछ ।

चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।