मूल्य (लघुकथा)


लेखक : लेखापढी      २० पुष २०७८, मंगलवार ११:४२ मा प्रकाशित     
मूल्य (लघुकथा)

उसले जन्मदिनको शुभकामना दिँदै “सानो उपहार तिम्रो लागि” भनि हातमा राखिदियो ।

उपहार देखेर उनले नाक खुम्चाउँदै भनिन् –

“मलाई सस्ता सामान मन पर्दैन । किनकी सस्ता सामान लामो समयसम्म टिक्दैन ।”

उसको लागि त्यो सामान अमूल्य थियो तर उनको लागि सस्तो भयो । उसको मनमा चस्स घोच्यो कुरा सुनेर । तैपनि उसले सम्झाउने कोसिस गर्दै भन्यो – “मलाई राम्रो लाग्यो । तिमीलाई सुहाउँछ भनेर लिएँ।”

मोल मलाइ गर्दै थिईन् – “२०० सम्ममा दिनुहुन्छ भने लान्छु नत्र राख्नुस ।”

यो घटना पश्चात उनीहरूको भेट पातलो हुँदै गयो । एकदिन अचानक उसको जम्का भेट भयो सुन्धारा छेउ फुटपाथमा ।

उनी फुटपाथको साहुसँग मोल मलाइ गर्दै थिईन् – “२०० सम्ममा दिनुहुन्छ भने लान्छु नत्र राख्नुस ।”


मनीष कुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर