राष्ट्रियसभा निर्वाचन : १९ पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता


लेखक : लेखापढी      २० पुष २०७८, मंगलवार १९:१० मा प्रकाशित     
राष्ट्रियसभा निर्वाचन : १९ पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता

 आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । १९ पदका लागि हुने निर्वाचनमा ४३ जनाले मनोनयन दर्ता गराएका छन् । 

सो निर्वाचनका लागि मंगलबार सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा पुगी ४३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा लगायतका दल छन् ।

 

जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना उममेदवार रहेका छन् ।