माओवादी केन्द्रले टुङ्ग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि ५ उम्मेदवार


लेखक : लेखापढी      २० पुष २०७८, मंगलवार १२:२५ मा प्रकाशित     
माओवादी केन्द्रले टुङ्ग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि ५ उम्मेदवार

 नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको हो ।

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको उनको सचिवालयले जनाएको छ  । 

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।