प्रत्येक व्यक्तिको महत्त्व – एक उपदेशात्मक कथा


लेखक : लेखापढी      २० पुष २०७८, मंगलवार १३:०२ मा प्रकाशित     
प्रत्येक व्यक्तिको महत्त्व – एक उपदेशात्मक कथा

कुनै समय विद्यालयमा परीक्षा चलिरहेको थियो । सबै केटाकेटीहरू परिक्षाका लागि पूरा तयारी गरेर आएका थिए । कक्षामा सबैभन्दा पढ्ने, तेज दिमाग भएकाे, कक्षामा प्रथम हुने  चतुर केटालाई आफ्नो परिक्षामा उत्कृष्ठ हुनका लागि गरेकाे तयारीमा उ पूर्ण विश्वास थियो ।

कक्षाकाेठामा पश्नपत्र बाँडियाे, विद्यार्थीहरू सबै उत्तर लेख्न थाले ।  कक्षामा प्रथम हुने केटाले सर्सर्ति सबै पश्न हेर्न थाल्याे । उसलाई सबै प्रश्नको उत्तर थाहा थियो तर अन्तिम प्रश्न देखेर उ चिन्तित भयाे ।

अन्तिम प्रश्न सोधिएको थियो, “विद्यालयमा सबैभन्दा पहिला आउने पहिलो व्यक्ति को हो ? जे भए पनि नाम दिनुहोस्। “

 

परिक्षाहलमा सबैलाइ यस अन्तिम पश्नमा काैतुहलता थियाे । परीक्षा दिने सबै बालबालिका एउटै महिलामा केन्द्रित थिए । त्यही महिला जो सबैभन्दा पहिले  स्कुल आएर स्कुल सरसफाई गर्दथिन । पातलो, कालो रङ र अग्लो, ती महिला करिब ५० वर्षकी थिइन् ।

त्यहाँ परीक्षा दिने सबै बालबालिकाको अगाडि यो अनुहार घुमिरहेको थियो । तर महिलाको नाम कसैलाई थाहा थिएन। यस प्रश्नको जवाफको रूपमा, केही बच्चाहरूले गलत नाम लेखे र केहीले मात्र प्रश्न छोडे ।

परीक्षा सकियो र सबै बच्चाहरूले  शिक्षकलाई सोधे, “यिनी महिलाको हाम्रो पढाइसँग के सरोकार छ ?”

यो प्रश्नको जवाफ शिक्षकले धेरै राम्रोसँग दिनुभयो, “हामीले यो प्रश्न तपाईलाई थाहा दिनको लागि सोधेका थियौं कि तपाईको वरिपरि धेरै व्यक्तिहरू छन् जो महत्त्वपूर्ण काममा संलग्न छन् र तपाईलाई थाहा छैन। यसको मतलब तपाईहरू जागा हुनुहुन्न। “



शिक्षा: हाम्रो वरपरका सबै चीजहरू, व्यक्तिको विशेष महत्त्व छ, यो विशेष छ। कसैलाई बेवास्ता नगर्नुहोस् ।


Translated by Lekhapadhi From Gujrati