रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’


लेखक : लेखापढी      १९ पुष २०७८, सोमबार १५:३० मा प्रकाशित     
रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’

काठमाडौँ- कैलाली टिकापुर घटनाका दोषी निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् ।

भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।

उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । हाल अनि जेलमै रहेका छन् ।जेल मै रहेर नयाँ दल दर्ता प्रक्रियामा अघि बढेको छ ।