माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध चुनिए


लेखक : लेखापढी      १९ पुष २०७८, सोमबार १८:०७ मा प्रकाशित     
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध चुनिए

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुन पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।

 सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई  अध्यक्ष बनाउने निर्णय गरेको हो ।

प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।