निर्मला पन्त हत्याकाण्डमा शंकास्पद एक भारतीय पक्राउ


लेखक : लेखापढी      १९ पुष २०७८, सोमबार ०४:०९ मा प्रकाशित     
निर्मला पन्त हत्याकाण्डमा शंकास्पद एक भारतीय पक्राउ

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि अली थरका एक भारतीय नागरिकलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार निर्मलाको शव भेटिएको क्षेत्रमा अलीका बुवाले तरकारी खेती गर्दै आएका थिए ।

प्रहरी अनुसन्धानले घटना भएको बेला अली नेपालमै रहेको पाइएको ती उच्च प्रहरी अधिकारीले बताए ।

“अली हाम्रो शंकामा घेरामा थिए । घटनापछि उनी भारत गएका थिए । अहिले नेपाल आएपछि अनुसन्धानका लागि उनलाई हामीले नियन्त्रणमा लिएका हौँ । अनुसन्धान जारी छ,” ती अधिकारीले भने ।

उनका अनुसार अलीको डीएनए परीक्षणका लागि पठाइएको छ ।

०७५ साउन ११ गते भीमदत्त नगरपालिकाको एक उखुबारीमा बलात्कार पछी हत्या गरिएको अबस्थामा फेला परेको थियो ।