गिजर प्रयोग गर्न नजाने बाथरूममै ज्यान जान सक्छ


लेखक : लेखापढी      १९ पुष २०७८, सोमबार १६:०८ मा प्रकाशित     
गिजर प्रयोग गर्न नजाने बाथरूममै ज्यान जान सक्छ

जाडो मौसममा प्राय: हरेक घरमा गिजर जडान गरिएको हुन्छ । तातो पानीले नुहाउन बाथरुममा गिजर प्रयोग गर्ने गरिन्छ । 

गिजरको सही प्रयोग गर्न नसिकाउँदा अथवा विद्यार्थी स्वयम्ले सावधानी अपनाउन नसक्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । समस्या गिजर होइन, यसको सही प्रयोगमा लापरवाही हुनु नै मृत्युको कारण बन्न सक्छ । प्रयोग गर्दा सचेत हुन सके मानिस मृत्युको मुखबाट जोगिन सक्छ ।’ 

गिजर प्रयोगबाट अक्सिजनको खपत बढी हुन्छ । त्यसले कार्वन मोनोअक्साइड ग्याँसको मात्रा बढाउँछ । कार्वन मोनोअक्साइड श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्छ भने फोक्सोबाट रगतको नलीमा पुग्छ, जुन रक्तकोशिकामा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । रक्तसञ्चारमार्फत् मस्तिकमा पुग्नुका साथै शरीरको पुरै अंगमा त्यही ग्याँस फैलिन गई, पोइजनिङ भएर मानिसको मृत्यु हुन्छ ।

कार्बन मोनोअक्साइड कमी हुँदा देखिने लक्षण 

– कार्बन मोनोअक्साइड रक्त सञ्चारमार्फत् टाउकोमा पुग्दा सुरूमा टाउको दुख्छ ।

– रिंगटा लागेजस्तो, बान्ता आउलाजस्तो हुन्छ ।

– व्यक्तिलाई आफू कहाँ छु भन्ने थाहा हुन छोड्छ ।

– त्यो अवस्थामा थाहा नपाएको खण्डमा मान्छे अर्धचेत (बेहोस) अवस्थामा पुग्छ ।

– मुटुको गतिमा परिवर्तन आउँछ ।

गिजरको प्रयोग कसरी गर्ने ? 

– बाथरूममा नुहाउँदा झ्याल वा भेन्टिलेसन खुला राख्ने ।

– गिजर खोलेर नुहाउँदा बेला–बेलामा बन्द गर्ने ।

– आफूलाई स्वास–प्रश्वासमा समस्या आए नआएको ख्याल राख्ने ।

– बाथरूममा लामो समयसम्म बस्ने बानी कम गर्ने ।

– नुहाउन जाँदा घरपरिवारको कुनै सदस्यलाई जानकारी गराउने ।

– बाथरूममा झ्याल वा भेन्टिलेसन छैन भने गिजर नै नजोड्ने ।

– प्राकृतिक रुपमा पानी तताएर नुहाउनु उपयुक्त हुने ।