कांग्रेस केन्द्रीय सदस्यमा तीन जना मनोनित


लेखक : लेखापढी      १८ पुष २०७८, आईतवार १४:१३ मा प्रकाशित     
कांग्रेस केन्द्रीय सदस्यमा तीन जना मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।

उनीहरु तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।

देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।