प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बिहीबार


लेखक : लेखापढी      १८ पुष २०७८, आईतवार ११:४० मा प्रकाशित     
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बिहीबार

आज बस्ने भनिएकाे प्रतिनिधिसभा बैठक पुस २२ गते बिहिबारसम्मका लागि स्थगित भएकाे छ । संसद सचिवालयले सूचना प्रकाशन गरी विशेष कारणले बैठक स्थगित भएकाे जनाएकाे छ । 

पुस ११ गतेदेखि काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन जारी छ । माओवादीकै आग्रहमा आजको बैठक बिहीबारका लागि सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।