निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ


लेखक : लेखापढी      १८ पुष २०७८, आईतवार ११:४८ मा प्रकाशित     
निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ

जाजरकोटको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्षसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

भेरीनगरपालिका-४ गैरीखालीबाट आज बिहान तीन बजे उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको एसपी श्रेष्ठले बताए ।