लागुऔषध कारोबार आरोपमा र्‍यापर लाहुरे पक्राउ


लागुऔषध कारोबार आरोपमा र्‍यापर लाहुरे पक्राउ

पोखरा । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधको कारोबार गरेको आरोपमा पोखरास्थित जाल्पारोडबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बुधबार साँझ उनीसहित चारजनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार लाहुरेको साथबाट लागुऔषध भने फेला परेको थिएन । तर, कारोबारमा संलग्न देखिएपछि हिरासतमा लिइएको उनले बताए ।

“अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । उहाँहरु संलग्न हो कि हैन अनुसन्धानपछि मात्रै थाहा होला,” उनले भने ।

पोखरा, नयाँबजारका राना ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए ।