अजयबाबु सिवाकाेटीद्वारा प्रेस युनियनकाे महासचिव पद परित्याग


लेखक : लेखापढी      १४ पुष २०७८, बुधबार ०२:४३ मा प्रकाशित     
अजयबाबु सिवाकाेटीद्वारा प्रेस युनियनकाे महासचिव पद परित्याग

काठमाडौँ- पत्रकार अजयबाबु सिवाकोटीले नेपाल प्रेस युनियनको महासचिवको पद परित्याग गरेका छन् ।

नेपाली काङ्ग्रेसको केही दिनअघि भएकाे १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सिवाकोटीले युनियनकाे जिम्मेवारी छाडेका हुन् ।

उनले उपमहासचिव भीष्मराज ओझालाई महासचिवको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

पत्रकारिताबाट राजनीतिमा छिरेका सिवाकाेटीले अब पूर्णकालीन राजनीति गर्ने जानकारी दिएका छन् ।