नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सुरु


नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन हुन केही समय बाँकी रहँदा नेता तथा कार्यकर्ताहरू कार्यक्रमस्थल प्रज्ञा भवन पुग्न थालेका छन् ।

करिब दुई हजारजना सहभागी हुने उद्घाटन समारोहमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पार्टीका अन्य नेता–कार्यकर्ता तथा विभिन्न दलहरूका प्रतिनिधित्व गरेर नेताहरू उपस्थित हुने भएका छन् ।

उद्घाटन काठमाडौंको प्रज्ञा भवनभित्र हुनेछ । बाहिर भने कार्यक्रम प्रत्यक्ष देखाउन डिस्प्लेको व्यवस्था गरिएको छ ।
महाधिवेशनस्थलमा प्रतिनिधिहरू विभिन्न गीतमा विभिन्न सांस्कृतिक वेशभूषामा सजिएर नाचगान गर्दै रमाइरहेका छन् ।