क्रिसमसको बिकृति; मनाउनु पर्ने बाध्यकारी उर्दी किन?


क्रिसमसको बिकृति; मनाउनु पर्ने बाध्यकारी उर्दी किन?

आफ्नो खुसीले कुनै पनि धर्म मान्न संसारका जो कोहीलाई छुट छ तर बाध्यकारी अवस्थामा वा कसैको आस्थाको ख्यालै नगरी अन्य धर्म वा परम्परा मान्न वा मनाउन बाध्य पारिनु एक प्रकारको अपराध हो ।

कार्यालयका जुनियर सबै स्टाफहरुको नाम संकलन गरी गोला प्राथा विधीबाट नाम छनौट गराइ जसको-जसको नामको गोला पर्छ उसबीच क्रिसमसको गिफ्ट साटासाट गर्नु पर्ने भनिएको छ । जुन कुरामा त्यहाँका केही कर्मचारीहरुलाई कुनै ईच्छा नै छैन । उनिहरुको आस्था हिन्दु, बुद्धीष्ट छ । नाम नबताउने सर्तमा त्यहाँकी एक महिला कर्मचारीले हामीलाई भनिन्, न मलाई त्यो प्रकारको कार्यमा संलग्न हुन मन् छ, नत गिफ्ट किनेर कसैसँग साट्ने ईच्छा नै छ ।

मैले यहाँ लेख्न खोजेको कुरा पछिल्लो समय नेपालमा बढ्दो क्रिष्चियानिटी वा क्रिष्चियन धर्ममा परिवर्तन गराउनेको हो । क्रिश्चियन धर्मावलम्वीहरुको महान पर्व क्रिसमसको पूर्वार्धमा नेपालका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीलाई तथा विभिन्न स्कुलका साना-साना विध्यार्थीहरुलाई क्रिसमस मनाउन तथा विभिन्न उपहारहरु साटासाट गर्न बाध्य पारिएको छ । पछिल्लो समय स्कुलहरुमा क्रिसमस अनिवार्य मनाउने एउटा पर्व बनिसकेको छ ।

यहाँ लेख्न खोजेको घटना लगनखेलको एउटा गैर सरकारी कार्यालयको हो । कुरा सुन्दा अचम्म लाग्दो छ ।  क्रिसमस मनाउन त्यस कार्यालयका प्रमुखले सम्पूर्ण कर्मचारीहरुलाई एक उर्दि जारि गरेका छन् । उनको उर्दि यस्तो छः कार्यालयका जुनियर सबै स्टाफहरुको नाम संकलन गरी गोला प्राथा विधीबाट नाम छनौट गराइ जसको-जसको नामको गोला पर्छ उसबीच क्रिसमसको गिफ्ट साटासाट गर्नु पर्ने भनिएको छ । जुन कुरामा त्यहाँका केही कर्मचारीहरुलाई कुनै ईच्छा नै छैन । उनिहरुको आस्था हिन्दु, बुद्धीष्ट छ । नाम नबताउने सर्तमा त्यहाँकी एक महिला कर्मचारीले हामीलाई भनिन्, न मलाई त्यो प्रकारको कार्यमा संलग्न हुन मन् छ, नत गिफ्ट किनेर कसैसँग साट्ने ईच्छा नै छ । कार्यालयको यो किसीमको हर्कतबाट म आजित भएकी छु । के गर्नु प्रमुखबाटै यस्तो आदेश आएको छ नगरी भएन, होईन भने आफ्नो जागिर नै गुम्ला भन्ने डर छ । सबै तयारी भइसक्यो, हिजै गोला प्रथा समेत भइसक्यो, मेरो र एक जना पुरुष कर्मचारीको नाम परेको छ, अब मैले उनिसँग क्रिसमस गिफ्ट साट्नु पर्ने रे ! अचम्मको कुरा, अब मैले कहाँबाट कस्तो गिफ्ट किन्नु पर्ने हो ? केही मेसो पाएको छैन, ति महिला कर्मचारीले भनिन् । यति मात्र होईन, गिफ्ट ५ सय रुपैयाँ भन्दा माथि मुल्यको हुनुपर्ने समेत उर्दिमा भिएको छ ।

गणतन्त्रको स्थापनासँगै २०७२ को संविधानले नेपाल धर्मनिरपेक्ष मुलुक मानेको छ । यो कस्तो धर्म निरपेक्ष हो ? धर्म परिवर्तन गर्ने र गराउने चलखेल भित्र भित्रै भुसको आगो सल्किएसरी छ । कसैको धर्मप्रतिको आस्था र विश्वासलाई कुल्चेर अन्य धर्म र परमपरा मान्न वा मनाउन बाध्य परिदैं छ । संविधानको कानुनमा धर्म मान्ने वा परिवर्तन गर्ने गराउने सम्वन्धमा स्पष्ट उल्लेख गरिएको छ । तरपनि मानिसको आस्था र विश्वासलाई कुल्चेर धर्म परिवर्तन गर्नु गराउनु यो देशको लागि निकै बिडम्बनाको कुरा हो ।

भोलिका दिनमा बहु-भषिक, बहु-धार्मिक, बहु-सांस्कृतिक बहु-जातिय र भौगोलिक विभिदताले भरिएको यो देश धार्मिक र जातिय लडाईंको रण मैदान त बन्दैन ? यो पेचिलो र डर लाग्दो प्रश्न बनेर हाम्रो सामु उभिरहेको छ ।

केही समय अगाडी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनले हाम्रा स्कुलहरुमा विध्यार्थी भाईबहिनीहरुलाई क्रिसमस अनिवार्य मनाउन बाध्य पारिएको छ । यो कार्य तत्काल बन्द गरिनु पर्छ भनेर सामाजिक सञ्जालमा भनेका छन् । राज्यले जवरजस्ति धर्म परिवर्तन गराए दण्डित गर्ने ब्यवस्था गरेको छ ।

केही महिना अघि मानिसहरुमा धार्मिक भ्रम छरेको र धर्म परिवर्तन गर्न उक्साएको निहुँमा पोखरामा रहेको एक चर्चका आचार्य थरका पाष्चरलाई ३ वर्ष जेल सजाए सुनाईसकेको उदाहरण हाम्रो सामु हुँदा हुँदै पनि किन मानिसहरुले यस किसीमका अधार्मिक गथिविधी गरिरहेका छन् सम्वन्धित निकायको ध्यान जाओस् ।


विवेक चन्द ठकुरी 
मध्यपश्चिम 
(लेखक ठकुरी बिगत लामो समयदेखि विभिन्न सामाजिक, राजनैतिक, समसामयिक बिषयहरुमा स्वतन्त्र तवरले शसक्त लेखनी मार्फत अनुसन्धानात्मक अभिब्यती राख्दै आउनुभएको छ )