काँग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी


लेखक : लेखापढी      ९ पुष २०७८, शुक्रबार ११:२१ मा प्रकाशित     
काँग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

पाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

प्रदेश २ को राजधानी जनकपुरधाममा बिहीबार अबेर राती सम्पन्न भएको मतगणनामा ९ सय ९६ मत प्राप्त गरी यादव सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले भने ८ सय ५५ मत प्राप्त गर्नु भएको छ । उहाँहरु बीच १ सय ४१ मतान्तर रहेको निर्वाचन समितिले जनाएको छ । बाँकी उम्मेदवारहरुको मत गणना भइरहेको समितिले जनाएको छ ।