एसएसपी सुशील यादवले सरकारी निवासमै गरे आत्महत्या


लेखक : लेखापढी      ९ पुष २०७८, शुक्रबार १४:४१ मा प्रकाशित     
एसएसपी सुशील यादवले सरकारी निवासमै गरे आत्महत्या

काठमाडौं । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादवले सरकारी निवासमै आत्महत्या गरेका छन् ।

संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रमुखसमेत रहेका यादवले निवासमै झुन्डिएर आत्महत्या गरेका हुन् ।

उनले आत्महत्या गरेको प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टि गरे ।
उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । यादव अहिलेका आईजीपी शैलेश थापा क्षेत्रीका वैकल्पिक हुन् ।