अलग्गिइन् विवेकशील साझा पार्टीबाट रन्जु दर्शना


अलग्गिइन् विवेकशील साझा पार्टीबाट रन्जु दर्शना

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णय गरेकी हुन् ।

अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।

सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’

बिहीबार उनले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै इमेल र पत्र पठाएर पार्टीको सम्पूर्ण जिम्मेवारी र पदबाट अलग भएको घोषणा गरेकी छन् ।

“मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछ,” पत्रमा भनिएको छ ।