स्थानीय तहका कर्मचारीहरुको सरुवा हाललाई स्थगित


स्थानीय तहका कर्मचारीहरुको सरुवा हाललाई स्थगित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा हाललाई अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको छ ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य मन्त्री स्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभए सम्मको लागि मङ्गलवारको मन्त्री स्तरीय निर्णयबाट स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।