नेपाल पर्यटन बोर्डका सिइओ निलम्बित, नन्दिनी थापालाई कार्यवाहक दिइयो


नेपाल पर्यटन बोर्डका सिइओ निलम्बित, नन्दिनी थापालाई कार्यवाहक दिइयो

काठमाडौं । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको शुक्रवार बसेको बैठकले उनीमाथि छानविन गर्न समिति गठन गरेसँगै निलम्बनमा परेका हुन् ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिका दुई सदस्य मन्त्रालयबाट तोकिने स्रोतले जनाएको छ । रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो ।

उनीमाथि अन्य आरोपहरु समेत लागेपछि बोर्ड बैठक बसेर छानविन समिति गठन भएको हो । समितिलाई १५ दिनको समय दिइएको छ । त्यतिन्जेल रेग्मी निलम्वनमा पर्नेछन् ।

उनको अनुपस्थितिमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापाले पाएकी छन् । समितिले छानविनका क्रममा रेग्मी दोषी भेटिएमा बोर्डले उनलाई कारवाही गरेर हटाउनेछ ।

रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो ।

दुई वर्ष कार्यकाल बाँकी छदै विदेशबाट फर्कदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको थियो ।

मन्त्रीसँग सम्वन्ध चिसिएसँगै बोर्डका नीतिगत कामहरु प्रभावित हुँदै आएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले रेग्मीलाई २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त गरेको थियो ।