कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी


लेखक : लेखापढी      ३ पुष २०७८, शनिबार ०३:०५ मा प्रकाशित     
कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

काठमाडौँ- कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छिन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार शुक्रबार प्रदेश–२ केन्द्रीय सदस्य (महिला) १ पदका लागि मतगणना भएको थियो।  

मतपरिणामअनुसार चित्रलेखा यादव विजयी भएकी हुन्। उनीसँग प्रतिस्पर्धामा गीता चौधरी रहेकी थिइन्।

यादवले २७३१ र चौधरीले १८८५ मत प्राप्त गरेका छन्।