कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी


लेखक : लेखापढी      १ पुष २०७८, बिहीबार १५:३२ मा प्रकाशित     
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

निर्वाचन समितिले केहीबेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । थापा शेखर कोइराला प्यानलबाट उमेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराएपछि प्रकाशमान सिंहसँग समीकरण गरेका थिए ।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।

बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन  र विश्वप्रकाश विजयी भएका हुन् । महामन्त्रीमा डा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल भने पराजित बन्न पुगे ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी  ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।

मत परिणाम

गगन थापा ३०२३
 

विश्वप्रकाश शर्मा १९८४

 

डा. प्रकाशशरण महत १५५०

 

प्रदीप पौडेल १४०९

 

डा. मिनेन्द्र रिजाल ८०९

 

डा. राजाराम कार्की १०७