रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा


लेखक : लेखापढी      १ पुष २०७८, बिहीबार १४:३२ मा प्रकाशित     
रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन् ।

“नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिष्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु,” रिजालले भनेका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा दिने बताएका हुन् ।