कांग्रेस महामन्त्री पदको मतगणना सुरु: गगन थापाको अग्रता कायम (कसको कति मत ?)


लेखक : लेखापढी      १ पुष २०७८, बिहीबार १२:०७ मा प्रकाशित     
कांग्रेस महामन्त्री पदको मतगणना सुरु: गगन थापाको अग्रता कायम (कसको कति मत ?)

पाली काँग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार विहान पार्टी कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ६०० मत गन्दा थापाले ३८१ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले २२८ मत पाएका छन् ।

प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन् ।