क्यानले ज्ञानेन्द्र मल्ल सहित चार खेलाडीलाई गर्यो कारबाही


क्यानले ज्ञानेन्द्र मल्ल सहित चार खेलाडीलाई गर्यो कारबाही

काठमाडौँ- नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेको छ । अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित चारजना खेलाडीलाई कारबाही गरेको हो । 

क्यानले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा उनीहरुलाई कारबाही गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्यानले मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरिलाई कारबाही गरेको हो ।

उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय पनि क्यानले गरेको छ ।

क्यानले नयाँ कप्तानकोसन्दीप लामिछानेलाई दिने निर्णय गरेको छ ।