खुल्यो १,५४७ जना मावि शिक्षकका लागि विज्ञापन (विज्ञापन सहित)


लेखक : लेखापढी      २९ मंसिर २०७८, बुधबार १२:२७ मा प्रकाशित     
खुल्यो १,५४७ जना मावि शिक्षकका लागि विज्ञापन (विज्ञापन सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलेको छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

आगामी १५ चैत मा परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था छ । 

हेर्नुहाेस विज्ञापन