कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना साढे ४ बजेदेखि


लेखक : लेखापढी      २९ मंसिर २०७८, बुधबार १५:५६ मा प्रकाशित     
कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना साढे ४ बजेदेखि

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतगणना बुधबार अपराह्न साढे ४ बजेदेखि हुने भएको छ । निर्वाचन समिति सदस्य अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजेदेखि मतगणना सुरु हुनेछ ।

सभापतिततर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना सुरु गर्न लागिएको छ ।  पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।