कांग्रेस सभापतिमा ८७८ मतान्तरले शेरबहादुर देउवा निर्वाचित


लेखक : लेखापढी      २९ मंसिर २०७८, बुधबार ०३:४२ मा प्रकाशित     
कांग्रेस सभापतिमा ८७८ मतान्तरले शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । १४औँ महाधिवेशनले नयाँ कार्यसमितिको केन्द्रीय सभापतिमा देउवालाई निर्वाचित गरेको हो । 

प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा नयाँ कार्यकालका लागि सभापतिमा निर्वाचित भए ।

देउवाले २७३३ मत प्राप्त गरे भने शेखरको पक्षमा १८५५ मत खसेको निर्वाचन समितिले जनाएको छ । ३५ मत बदर भएकाे छ । देउवा जिवयी भएको  औपचारिक घोषणा गर्न भने बाँकी छ ।  

मंगलबार अबेर राति सम्पन्न मतदानमा ४६२३ मत खसेको थियो ।  

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको थियो ।