डब्लूएचओ भन्छ – कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र, कम नआँकौं


लेखक : लेखापढी      २९ मंसिर २०७८, बुधबार १२:१२ मा प्रकाशित     
डब्लूएचओ भन्छ – कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र, कम नआँकौं

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । डब्ल्यूएचओले नयाँ कोभिड भेरिअन्ट सम्भवत: विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने जनाएको छ।

७७ देशमा पुष्टि भइसकेको यो निकै उत्परिवर्तित भेरिअन्ट निकै तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा हुनसक्ने डब्ल्यूएचओ प्रमुखले विविसीलाइ बताए। विविसिसँग डा टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताए। गेब्रेयससले सङ्क्रमणसँग जुझ्न र आफ्ना स्वास्थ्य प्रणालीलाई बचाउन देशहरूलाई तिब्र गतिमा काम गर्न आग्रह गरेका छन्।

ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक संक्रमितको संख्या पनि बढेको छ । स्वयम् राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उनी अहिले आइसोलेसनमा छन् । 

डब्ल्यूएचओ प्रमुखले केही समीक्षाले अबका केही दिनमै ओमिक्रोन युरोपमा केही देशमा सबैभन्दा प्रभावी भेरिअन्ट हुनसक्ने सङ्केत गरेको बताएका छन्।

फाइजर/बायोएनटेकको पछिल्ला अध्ययनले सुरुवाती स्ट्रेनमा भन्दा खोपले निकै कम रोगप्रतिरोधी तत्व विकास गर्ने तर त्यसलाई तेस्रो बूस्टर मात्राले जुझ्न सकिने देखाएको थियो। विविसी लगायत अन्य एजेन्सी