काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु


काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान सुरु भएको छ । मंगलबार दिउँसो साढे ३ बजेबाट मतदान सुरु भएको हो ।

पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी कोइरालाले १७ सय दुई मत ल्याउनुभएको थियो । कुल चार हजार ६९१ मतमध्ये चार हजार ६७९ मत खसेको थियो ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।