विमलेन्द्र निधिले विज्ञप्ति निकालेर मागे देउवालाई भोट


लेखक : लेखापढी      २८ मंसिर २०७८, मंगलवार १४:५४ मा प्रकाशित     
विमलेन्द्र निधिले विज्ञप्ति निकालेर मागे देउवालाई भोट

नेपाली कांग्रेसको १४ औं महाधिवेशमा सभापति उम्मेदवार रहेका विमलेन्द्र निधिले दोस्रो चरणको मतदानका लागि अर्का उम्मेदवार शेरबहादुर देउवालाई भोट दिन आग्रह गरेका छन्  ।

उनले मंगलबार एक विज्ञप्तिमार्फत आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणमा हुने मतदानमा देउवालाई भोट हाल्न आग्रह गरेका हुन् । 

पहिलो चरणको चुनावमा निधि चौथो भएका थिए। उनले २४९ मत पाएका थिए।