हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा


लेखक : लेखापढी      २८ मंसिर २०७८, मंगलवार १४:३१ मा प्रकाशित     
हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

काठमाडौँ- तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । 
पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताए ।

सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् ।  गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।