सभापतिका मतपेटिका मतगणनास्थलमा, केहीबेरमा मतगणना सुरु हुँदै


सभापतिका मतपेटिका मतगणनास्थलमा, केहीबेरमा मतगणना सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतगणनाका लागि सभापतिका तीनवटै मतपेटिका मतगणनास्थल ल्याइएको छ ।

सभापतिको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरे पनि सभापतिका उमेदवार विमलेन्द्र निधि र कल्याण गुरुङका प्रतिनिधि नभेटिँदा मतगणनास्थलमा एउटा मतपेटिका ल्याउन सकिएको थिएन ।

सबै उमेदवारका प्रतिनिधिको उपस्थितिमा सभापपिका तीनवटै मतपेटिका मतगणनास्थलमा ल्याइसकिएकाले अब केही क्षणमै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।