कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु


लेखक : लेखापढी      २७ मंसिर २०७८, सोमबार ११:४० मा प्रकाशित     
कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे हुने भनिएको मतदान बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । 

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।

प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदानस्थलमा लामबद्ध थिए । यतिबेला मतदानस्थलमा सभापतिका उम्मेदवारहरू राष्ट्रिय सभागृहमा आउने क्रम सुरु भएको छ ।

कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।