शेखर कोइराला केन्द्रीय अध्यक्षको तयारी सहित टिम सार्बजनिक


शेखर कोइराला केन्द्रीय अध्यक्षको तयारी सहित टिम सार्बजनिक

काठमाडौँ- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम लगभग तयार बनेको छ । महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेसँगै शेखरको टीमले आकार ग्रहण गर्ने अन्तिम चरणमा पुगेको हो ।

स्रोतका अनुसार उपसभापतिमा चन्द्र भण्डारीको नाम निश्चित भएको छ । अर्का उपसभापतिमा रामशरण महत र महेश आचार्यमध्ये एक जना तय गर्ने विषयमा छलफल जारी रहेको छ । सह महामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल र थारुबाट तेजुलाल चौधरीको नाम लगभग फाइनल भएको छ । जनजाति र पिछडिएको क्षेत्रबाट महामन्त्रीको उम्मेदवारबारे छलफल चलिरहेको छ ।