नेपाली कांग्रेसको अधिबेसनमा पानि ट्यांकीमा मत खसाल्ने


नेपाली कांग्रेसको अधिबेसनमा पानि ट्यांकीमा मत खसाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पानीको खाली ट्यांकीमा मत खसाल्ने व्यवस्था गरिएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा हुने पार्टीको निर्वाचनमा पानीट्यांकीमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । त्यसका लागि राष्ट्रिय सभागृहमा ट्यांकीहरू पुर्‍याइएको छ ।

१४औँ महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि रहेका छन् । मतदाता र उमेदवार धेरै हुने हुँदा मतदानका लागि ठूलो ट्यांकीको व्यवस्था गरिएको हो ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आउँदो सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।