म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय


लेखक : लेखापढी      २० मंसिर २०७८, सोमबार १४:०५ मा प्रकाशित     
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ ।

बीबीसीका अनुसार उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

उनीविरुद्ध ११ वटा आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, उनले आफूविरुद्धका आरोपहरुको खण्डन गरेकी छिन् ।

म्यानमारको अदालतले सोमबार प्रारम्भिक आदेश जारी गर्दै सुचीमाथि जेल सजाय सुनाएको हो । सुचीमाथि लागेका अन्य आरोपमाथि सुनुवाइ हुन बाँकी नै छ । बाँकी मुद्दामा सेनाले चाहेअनुसार अदालतले फैसला गरेमा सुचीलाई अझ लामो जेल सजाय हुन सक्नेछ ।

गत फेब्रुअरीमा म्यानमार सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गर्नुअघि नेतृ सूचीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् ।