नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन


लेखक : लेखापढी      २० मंसिर २०७८, सोमबार १३:४९ मा प्रकाशित     
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

ओमिक्रोनबाट दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए। एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।  उनका अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ।

यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण  देखिएको छ। त्यहाँ करिब दुई दर्जनबढी मानिसमा संक्रमण देखिएको भारतीय मिडियाहरुले जनाएका छन्। नयाँ भेरियन्ट करिब ४० बढी देशमा फैलिइसकेको छ।