कञ्चनपुरमा बिहेको भोज खान गएका तीन जनाको मृत्यु


लेखक : लेखापढी      १८ मंसिर २०७८, शनिबार ०४:५१ मा प्रकाशित     
कञ्चनपुरमा बिहेको भोज खान गएका तीन जनाको मृत्यु

कंचनपुर- कञ्चनपुरको झलारीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दैजिमा जन्तीको भोज खाएर कृष्णपुरस्थित घर फर्किदा दुर्घटना भएको थियो । 

बेदकोट नगरपालिका दैजीबाट लालझाडीको रैकवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शुक्रबार दिउँसो तीन बजे ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

लालझाडी गाउँपलिका-९ की ६५ वर्षीया द्रौपती राना, ३३ वर्षीय रतन राना र ५५ वर्षीया रानी राना रहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा १४ जना सवार थिए। गम्भीर घाइते भएका चालक रामप्रशाद रानाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बाँकी ११ जना घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

 विवाहको भोज खान ट्याक्टरमा हिँडेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको बताए।