राप्रपाको नेतृत्त्व चयनका लागि मतदान जारि


लेखक : लेखापढी      १८ मंसिर २०७८, शनिबार १४:४१ मा प्रकाशित     
राप्रपाको नेतृत्त्व चयनका लागि मतदान जारि

काठमाडौं । राप्रपाको निर्वाचन प्रक्रिया अन्तरगत मतदान जारी छ । बिहान ८ बजेबाट सुरु हुने भनिए पनि चार घण्टा ढिलो गरी १२ बजेबाट मतदान सुरु भएको थियो ।  

निर्वाचन प्रक्रिया ढिलो हुँदा बिहान ४ बजेदेखि लाइन लागेका राप्रपाका प्रतिनिधिहरु आक्रोशित भएका थिए । निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो । 

नेतृत्त्वको लागि एक अध्यक्ष, चार उपाध्यक्ष र तीन महामन्त्री पद र सदस्यहरुको पदमा मतदान भइरहेको छ । जारी अधिवेशनबाट नेतृत्त्वका लागि वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।

पार्टीको हिजो अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाको उमेदवारी दर्ता भएको छ । 

-१२खरीबाट 

Facebook Notice for EU! You need to login to view and post FB Comments!