राजेन्द्र लिङ्देनको अडान कायम, कमल थापा समूहले बनायो टिम


राजेन्द्र लिङ्देनको अडान कायम, कमल थापा समूहले बनायो टिम

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा समूहले सहमतिबाट नेतृत्व चयन हुन नसके निर्वाचन लड्नका लागि टिम बनाएको छ । बलियो साथसहित अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका राजेन्द्र लिङ्देनले सहमति जनाउने संकेत नदेखाएपछि थापा समूहले आफ्नो टिम बनाएको हो । 

थापा निकट एक नेताकाअनुसार उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान उपाध्यक्ष लड्ने भएका छन् । 

महिला महामन्त्रीमा रोशन कार्की उपाध्यक्ष लड्नेछिन् । महामन्त्रीमा जयन्त चन्द पनि उमेदवार बन्नसक्ने उनले बताए । यस्तै महामन्त्रीमा भुवन पाठक, कुन्ति शाहीमध्ये एकजना महामन्त्रीमा टुङ्गो लाग्न ती नेताले बाह्ररीलाई जानकारी दिए । 

राप्रपाको विधानमा ६ जना उपाध्यक्ष र ६ जना महामन्त्री बन्ने व्यवस्था छ । जसमध्ये ३ जना प्रत्यक्ष र ३ जनालाइ अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्रीमा एक एकजना महिला अनिवार्य गरिएको छ । 

पदाधिकारीमा ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एकजना कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ ।