यी राशिका व्यक्तिको दिमाग तिब्र चल्छ, एकदम साहसी हुन्छन


लेखक : लेखापढी      १५ मंसिर २०७८, बुधबार ०५:११ मा प्रकाशित     
यी राशिका व्यक्तिको दिमाग तिब्र चल्छ, एकदम साहसी हुन्छन

काठमाडौं । ज्योतिष शास्त्र अनुसार १२ राशिमध्ये केहि राशिहरु यस्ता हुन्छन् जो जोखिमबाट पछि हट्दैनन्। भनिन्छ कि यी तीन राशि भएका मानिसहरु केहि गरेपनि हार मान्दैनन्।

यिनीहरुलाई हार्न मन पर्दैन र जुनसुकै काममा जति नै रिस्क होस् तर त्यसलाई पूरा गरेरै छोड्छन्। यिनीहरुलाई यस्तो ठाउँमा जान मनपर्छ जहाँ मानिसहरु जानको लागि सोच्न समेत सक्दैनन्।

यी हुन् ती तीन राशिः

मेष राशिः मेष राशि भएका मानिसहरु जीवनमा नयाँ उर्जाले भरिपूर्ण भएका हुन्छन् । यिनीहरू छिटो आवेगमा आउने र आत्मकेन्द्रित हुन्छन्।

राशिचक्र को पहिलो राशि हुनुका साथै यिनीहरु निडर र साहसी हुन्छन् । यिनीहरु आफ्नो जीवन आफ्नै सर्तअनुसार जिउन चाहन्छन्। यिनीहरु नयाँ नयाँ लक्ष्य बनाउँछन् र त्यसलाई पूरा गर्नमा विश्वस्त हुन्छन्।

वृष राशिः वृष राशि भएकाहरु हरेक कामलाई सोचविचार गरेर मात्र गर्छन् । तर कहिलेकाहिँ यिनीहरु सोचेसम्झे विनानै जे पनि गर्दिन्छन् ।

यिनीहरुलाई कहिले पनि जोखिमको डर हुँदैन। यसको प्रतिक साँढे हो र यो राशिचक्र को दोस्रो स्थानमा पर्दछ। यिनीहरु आफू जेमा विस्वास गर्छन् त्यसैलाई मान्ने गर्छन्।

मिथुन राशिः मिथुन राशि हुनेहरुको दिमाग एकदमै छिटो चल्ने हुन्छ र यिनीहरुको सोचाइ कहिल्यै पनि रोकिँदैन । यिनीहरु घुमफिर गर्न धेरै नै रुचाउँछन्। यिनीहरु आफ्नो पार्टनरसँग घुम्न धेरै नै मन पराउँछन् र घुम्नको लागि कुनै पनि रिस्क लिन तयार हुन्छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!