एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरले विजयी


लेखक : लेखापढी      १४ मंसिर २०७८, मंगलवार १५:४८ मा प्रकाशित     
एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरले विजयी

एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् ।

ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका  निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । 

ओलीले यसअघिको नवौं महाधिवेशनमा नेता माधवकुमार नेपाललाई ४६ मतले हराएर विजयी बनेका थिए ।