एमाले महाधिवेशन : मतगणना जारी, दुई घण्टामा परिणाम सार्वजनिक हुने


एमाले महाधिवेशन : मतगणना जारी,  दुई घण्टामा परिणाम सार्वजनिक हुने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिए पनि केही ढिला भएको जानकारी दिए । 

नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत पदाधिकारी तथा केन्द्रीय समिति सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सबै मत गनिसकेपछि मात्र सार्वजनिक हुने जनाइएको छ ।

एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

कुल दुई हजार १५३ जना प्रतिनिधि मतदाता रहेकोमा दुई हजार ९६ जनाले मत हालेको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिनुभयो । ५७ जनाले मत हाल्नुभएन । मत नहाल्ने प्रतिनिधिको बारेमा पार्टीले रेकर्ड राख्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिवसहित केही पद भने सर्वसम्मत भएको छ ।