नेपाल प्रहरीमा तीन वटा पद थप्ने मन्त्रिपरिषद्को निर्णय


लेखक : लेखापढी      १४ मंसिर २०७८, मंगलवार १५:१५ मा प्रकाशित     
नेपाल प्रहरीमा तीन वटा पद थप्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल प्रहरीमा तीन वटा पद थपिएको छ । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो ।

प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवल्दारमा बढुवा हुन लामो समय लाग्ने गरेको थियो । स्वीकृत भएको नियमवाली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।