प्रधानन्यायाधीशलाई कोरोना संक्रमण साथै निमोनिया पनि देखियो


लेखक : लेखापढी      १३ मंसिर २०७८, सोमबार २३:१६ मा प्रकाशित     
प्रधानन्यायाधीशलाई कोरोना संक्रमण साथै निमोनिया पनि देखियो

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरे।

अहिले प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ। दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश राणा अस्वस्थ थिए।

प्रवक्ता बाबुराम दाहालले भने -‘प्रधानन्यायाधीश ज्यूलाई आज जाँच गर्दा कोरोना संक्रमण देखिएपछि एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी आएको छ। उहाँलाई निमोनिया पनि देखिएको छ,’।

उनका अनुसार अस्वस्थ रहेकाले प्रधानन्यायाधीश शुक्रबारअघि केही दिन सर्वोच्च आएका थिएनन्। आइतबार उनी अदालत आएका थिए।

बलम्बुस्थित एपिएफ अस्पतालका प्रमुख डा. रूपक महर्जनले राणा सोमबार साँझ भर्ना भएको उनको उपचार सुरू गरिएको बताए।