भीम रावलको अडान कायमै, म चुनावमा नै जान्छु


लेखक : लेखापढी      १३ मंसिर २०७८, सोमबार ०३:४५ मा प्रकाशित     
भीम रावलको अडान कायमै, म चुनावमा नै जान्छु

चितवन । एमाले उपाध्यक्ष भीम रावलले आफू चुनावमा नै जाने बताएका छन् । अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका  रावलले सम्पूर्ण  प्रक्रियामा असहमति जनाउँदै निर्वाचनमा जाने बताएका हुन् ।

आइतबार राति ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रसमक्ष पेस गरेका थिए । त्यसमा रावलको नाम पनि छ ।

तर, रावलले भने आफू चुनावमै जाने अडान दोहोर्‍याएका हुन् ।

“नेतृत्व चयनका लागि भएका सम्पूर्ण प्रक्रियाप्रति मेरो असहमति छ । म चुनावमा नै जान्छु,” रावलले भनेका छन् ।